उनिहरुले सफा लुगा लाउन पाएका त छन ‍।

 

१६ मार्च बिहान १० बजे छोटो ब्रेकमा एक कामदारले भनिन घरमा छोरीलाइ रातभर ज्वरो आएको छ म के गरु ? मैले घरायसी डाक्टरलाइ फोन गर भने । डाक्टरले कामले जे भन्छ तेहि गर्नु भनेछ । भर्खर कोरोनाको सुनिदै थियो बेल्जियममा । उनको कुरा डाइरेक्टरलाइ भने । डाइरक्टरले घर जान र सेल्फ क्वारेन्टाइनमा बस्न सुझाए । उनि घर तिर लागिन मेरो मनमा डर लाग्दै गर्दा अरु कामदारलाइ पनि सर्ला भनि चिन्ता लाग्नु स्बभाबिक नै थियो ।

करिब दुइ दशकको बेल्जियम बसाइमा यो कम्पनीमा काम गर्न थालेको करिब आठ बर्ष भै सक्यो । करिब सय जना काम गर्ने यो कम्पनिमा म दुइ शाखा हेर्छु  ३० प्रतिसत अबधी आइटि र ७० प्रतिसत अबधी लण्ड्री । कम्पनिमा अरु शाखाहरु पनि छन । प्रोडक्सन म्यानेजरको हैसियतमा लण्ड्री शाखामा मेरो मातहतमा १३ जना काम गर्छन । प्रबिधी युक्त लण्ड्रीमा म बस्ने सहरको दुइ ठुला बृद्धआश्रमका करिब ३५० जनाको लुगा लगायत तेहा कार्यरत कर्मचारीहरुका र अरु केहि लोकल कम्पनीको लुगा धुने काम गर्छ ।

बेल्जियममा कामदार बिरामी हुदा १४ दिन सम्म कम्पनिले तलबी बिदा दिनु पर्छ ।सो भन्दा बढी भए स्बास्थ्य बिमा कम्पनीले हेर्छ। तेसमा पनि कोरोना को लक्षण भने सिधै ७ दिन बिरामीको लागि टेलिफोनको भरमा पत्र लेखिदिन्छन डाक्टरहरु ।

हरेक दिन सन्क्रमितको सन्ख्या बढेको समाचारसगै कामदारमा नैरश्यता थपेकोछ । केहि डाक्टरको पत्र कम्पनीलाइ दिदै घर बसेपछि कामको चाप निकै बढेको छ । फोनमा यो बिपतीमा कसरी अगाडी बढ्ने भनि मलाइ सोधेको केहि बेरमा डाइरेक्टर कामदारको मनोबल बढाउन आफै आइन । मेरो शाखाबाट उनको कार्यालय ५ किमीको दुरीमा छ । उनि आफै क्यान्सरबाट सर्भाइबल हुन । सुरक्षित रुपमा काम अगाडी बढाउन र तेसको लागि चाहिने सबै सामाग्री उपलब्ध गराउन मलाइ निर्देशन दिइन ।

१७ मार्च सरकारले लकडाउन नियम ल्याए पछि मेरो कम्पनीका अरु शाखाहरु धमाधम बन्द भए । अरु शाखाहरुका कर्मचारी घर बसेपनि हाकिम भने आउन पर्ने भयो । मेरो शाखाको काम भने नरोकिने भयो । जसले केहि कामदारमा नैरश्यता ल्यायो  ।

हामीले काम रोके ति बृद्धहरु र उनिहरुको हेरचारमा रहेकाहरुले सफा लुगा पाउदैनन । के हामी डराएर कर्तब्यबाट भाग्न मिल्ला ? कामदारलाइ सम्झाए पछी उनिहरु काममा आउने भए । कर्मचारी कम हुदा अरु शाखाका हाकिम आइ सघाउन पर्ने भयो । डाइरेक्टर कामदारको मनोबल बढाउन आफै  दिनदिनै आउछिन । 

यसैबिच काममा नियम लगाएको छु । दुइ बिचको न्युनतम दुरी साढे एक मिटर हुनु पर्ने हात मिलाउन र अन्गालो मार्न नपाइने सफा सग हात धुने । आफु पनि सुरक्षित रहने र अरुलाइ पनि सुरक्षित रहन मद्त गर्ने । हरेक दिन भाइरस मार्नै औषधी छर्कने । बन्द झोलामा कपडा न्युनतम ३ दिन रहन दिने र मात्र धुने ।

आज दश दिन बितेको छ । सरकारले लकडाउन अबधी १८ अप्रील सम्म बढाएको छ। मनमा एक प्रकारको डर त छदै छ तर सन्तुष्टी अबस्य मिलेको छ कि उनिहरुले सफा लुगा लाउन पाएका त छन ।