वेल्जियमको एउटा सानो सहर जसको नाम मैले यस अधि कहिल्े सुनेको थिइन । जुन सहरमा दसकौ अधि दर्जनौ नेपालीहरुको शरिर लिन भएको थियो अन्तत त्यही सहर मेरो कर्म भुमी वन्यो । साच्चै भन्ने हो भने लेखान्ती नै रहेछ भन्दा अनुपयोक्त नहोला ।

सन २००० मा नेपालीहरुको लागि वेल्जीयम एउटा गन्तव्यस्थल वन्न पृग्यो । इपर भने सुनसान कतै हराइ रहेको थियो । तेही ताका केही नेपाली इपर पुगे । सन २००३ मा म भने स्थायी वसोवास गर्दै इपर पुगेको थिए । वासाइको क्रम संगै लाग्न थाल्यो यो सहर संग मेरो एउटा अलौकिक सम्वन्ध छ ।

२७ अगष्ट २०१४ लाहोरवाट इन्डियन सैनिकहरुको एक वटालियन युरोप तर्फलागे जसमा नेपाली मुलका सैनिकहरुपनि सामेल थिए । २१ अक्टोवर २०१४ मा इपर कव्जा गर्न जर्मन सैनिकहरुले पहिलो पल्ट आक्रमण शुरु गरे । कुनै सानो युद्ध थिएन त्यो । एकातर्फजर्मन अनि अर्कोतर्फअंग्रेज र उसको मातहतमा रहेका सैनिकहरु एकअर्कालाइ मार्न र मर्न तयार थिए । गोली र वारुदले आकास कालो भयो । दुवै तर्फाइ युद्ध जित्नु जो थियो ।सयौ टन वम पडकिए । त्यो कालो दिन वम संगै कयौको सरिर धुजा धुजा भयो । सुरुगवाट एक इन्च टाउको देखियो कि दुशमन सैनिकको गोलीले ठहरै हुने । शान्त शहर कोलाहल युक्त भयो । केही छिनमै घरहरु भग्नाशेषको रुपमा परिणत भए । कयौ दिनको युद्धमा कसैले जित्न सकेनन । मात्र हजारौले विरगती प्राप्त गरे ।

२९ अक्टोवर २०१४ मा हिटलर कार्यरत १६ औ वियर्स रिजर्भ फोर्स समेतले यो युद्धको साक्षीको रुपमा वेष्ट थोक मा आक्रमण गरका थिए । । जवकी १ जुन १९४० मा नाजी शाषकको रुपमा उनि पुन वेष्ट थोक आएका थिए ।

इतिहासमा २४ अगष्ट २०१५ भने कसैले विर्सन नसक्ने कालो दिन रहयो । वेष्ट थोक अर्थात इपर वरपरको इलाका लाई जसरी पनि कव्जामा लिन पर्ने आदेश वर्लिनवाट आएको थियो । यो दिन अघिल्लो युद्धमा जस्तो भएन तर अजवको तरग शुरु भयो । सैनिक भटाभट वेहोस हुदै लडन थाले । उडेका चराहरु धमाधम खस्न थाले ।चौपायाहरुपनि भटाभट लडन थाल्यो । युद्धको तरिका वदलिइ सकेेको थियो । वेहोसकै अवस्थामा शरिर कति खेर माटोमा मिलिन भयो कसैले थाहा पाएनन । इतिहासमै पहिलो पटक यो दिन विषालु केमिकल ग्यासको प्रयोग भएको थियो ।

को कहावाट आएको त्यो ग्यासले हेरेन । जर्मनले दुसमनलाई मार्न छोडिएको यो ग्यासले स्वयम जर्मन सैनिकलाई पनि छोडेन । हजारौ संख्यामा हाताहात भयो । यहा रहेका नेपाली मुलका सैनिकहरु पनि त्यो विषालु ग्यासको चपेटामा परे । किन र केका लागि युद्ध गर्न हजारौ किमी पर आएका छौ भने थाह नपाउदै ती नेपाली दाजृभाइहरुले यो विराना् क्षेत्रमा विरगती प्राप्त गरे ।

इतिहासमा इपर आसपासको क्षेत्र नियन्त्रणको लागि ४ पटक भयकर लडाइ भएको देखिन्छ । जति पटक लर्डाई भएता पनि हारजित भन्दा धनजनको मात्र नोक्सन भएका् थियो । वेष्ट थोकमा मात्र लाखौले ज्यान गुमाए । जसमध्ये कयौत गुमनाम रहे ।

११ नोवम्वर २०१८ विश्वमा खुशीको खवर फैलियो । त्यस दिन ११ वजे प्रथम विश्व युद्ध समाप्त भएको घोषणा भयो ।

करिव ९० वर्षपछी म य सहरका मा आउदा ती गोर्खा राइफलस का सैनिकहरुले मलाइ झकझकाउदै थिए । म लगायत वेल्जियममा रहेका नेपालीहरुको प्रयासका कारण वर्षौ सम्म नेपाली माझ अन्जान रहेको यो स्थान विस्तारै नेपालीमाझ परिचित हुन थ्ाल्यो । यसै विच कयौ पत्रकारहरुले इपरवारे फिचर लेखे । यदापी सन २००९ मा वेष्ट भ्लान्डरणमा रहेका नेपालीहरुको पहलमा तत्कालिन नेपाली उपप्रधान मन्त्री समेत रहेका पर्यटन मन्त्री सुजाता कोइराला इपर भ्रमण पछी इपर प्रशासन र नेपाल विच सम्वन्ध शुरु भयो । यसै क्रममा इपर प्रशासन र नेपाल दुतावास विच सहकार्य हुदा म समेत संलग्न एउटा कार्यदल वन्यो जसले वुझाएको प्रतिवेदनले इपरमा विरगती प्राप्त नेपालीको समानार्थ एउटा स्मारक वनाउने कार्ययोजना तयार भयो । यही कार्यदलको कारण वषौै देखि नेपाली मुलमा ती सैनिकलाई भारतिय भन्दै आएकोमा यस पछी भारतवाट लडन आएका भनि सच्याइयो । यो कार्यदल निमणको लागि एन आर एन वेल्जियमको महत्वपर्ुण्ा भुमीका रहृयो ।

इपर प्रशासनले स्मारक वनाउन इपर गेट देखि करिव ५ किमी परको क्षेत्र उपलव्ध गर्राईको थियो । नेपाली पक्षले इपर प्रशासनसग वारम्वार गरेका्े छलफल पश्चात इपर क्षेत्रको साहै महत्वपर्ुण्ा क्षेत्र मेनन गेट स्थित यापर रामपार्टसमा स्मारक वनाउने जग्गा उपलव्ध भयो । यसैक्रममा कसले स्मारक वनाउने भन्ने विषय उठान हुदै गर्दा यो क्षेत्रको पहिचानको साख कस्ले लिने भन्दै हानथापमा वेल्जियमका रहेका नेपाली संगठनमा देखियो ।

अहिले यहा एउटा पर्ुण्ा कदको गोर्खाली सैनिक झल्काउने सालिक निर्माण भै सकेको छ । सालिक निमाण कार्य लगायत खर्च विवरण र अन्य कृरामा म प्रवेश गर्न चाहिन । वेल्जियमका धेरै नेपालीहरुलाई यो विषय जानकार छ । मात्र तत्कालिन नेपाली महामहिम राजदुत लोकवहादुर थापाको सुझवुझको कारण वाडिएको नेपाली पुन एकपल्ट फेरी एकजुट भए । यो सालिकलाई नेपालीको पहिचानको रुपमा अंगिकार गरे ।

फलान्डर फिल्डका अनुसार प्रथम विश्व युद्धमा करिव एक लाख नेपाली मुलका सैनिक सहभागी भएका थिए । इपरमा कति संख्यामा नेपाली मुलका सैनिक आए त भन्ने प्रश्नको उत्तर छैन । भेटिए सम्मको रर्ेकर्ड कमन वेल्थ वार कमिसन संग छ । जति भेटिए तीनैलाई आधार मान्ने हो भने पहिलो गोर्खा रेजिमेन्ट चौथो गोर्खा रेजिमेन्ट लगायत विभिन्न अन्य रेजिमेन्टमा रहेको दर्जनौ नेपाली नाम इपर स्थित मेननगेटमा भेटिइन्छ । मेननगेट अथात इपर क्षेत्रमा विरगती प्राप्त गर्ने भेटिएका हजारौ सख्यामा नाम उल्लेख भएको स्मारक हो ।

हरेक वर्षनोवम्वर ११ मा युद्ध समाप्त भएको र त्यो युद्धमा ज्ञात अज्ञात जसले इपर क्षेत्रमा विरगती प्राप्त गरे तिनको सम्झना विशाल कार्यक्रम हुने गर्दछ । दिनको ११ वजे हुने कार्यक्रम हेनै हजारौ मानिस इपर आउछन । विश्वका विभिन्न दृखका प्रमुख समेतले इपर भ्रमण गर्दछन । यही क्रममा पछिल्लो वर्षरुमा वेल्जियम स्थित नेपाली दुतावासको पनि उपस्थिती इपरमा वढेकोछ । त्यस्तै विभिन्न संघसंस्था सम्मिलित र तमु समाज वेल्जियमको अगुवाइ र एन आर एन वेल्जियमको सहकार्यमा यही ११ नेावम्वरको दिन वेल्जियम वस्ने नेपालीहरु समेत इपर आई ती नेपाली मुलका सैनिक प्रति श्रद्धान्जली दिने गर्दछन ।